मंसिर ४,धनगढी : नेपाललाई सन २०२५ को यु-१९ विश्वकपमा पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै सुदूरपश्चिबाट प्रतिनिधित्व गर्ने नेपाली यु-१९ महिला टोलीकी मुख्य सदस्य साबित्री धामी र स्नेहा महारालाई जनही डेढ डेढ लाख र सहायक प्रशिक्षक जानकी भट्टलाई १ लाख सहित सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने भएको छ । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रमा बोल्दै प्रदेशका मुख्यमन्त्री शाहले खेलाडीहरुको हौसला वृद्धिका लागि प्रोत्साहन स्वरुप उक्त रकम दिन लागेको बताए ।

मुख्यमन्त्री शाहले यो भन्दा पहिले पनि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै खेलकुदमा पदक जित्ने तथा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सरकारले पुरस्कृत गरेको भन्दै सुदूरपश्चिम सरकार खेलाडीका पक्षमा रहेकाले प्रदेशको शिर उचो गर्ने खेलाडीलाई सरकार संधै सम्झिने पनि बताए ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले गरेका राम्रा कामहरु उपयुक्त फोरमहरुमा बताइदिनुपर्ने भन्दै सबै आफूले सुदूरपश्मिेलीहरुको साथ खोजेको बताए । त्यस्तै मुख्यमन्त्री शाहले पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज एकदमै बढेको भन्दै सबै प्रदेशमा रंगशाला बन्ने तरखरमा रहेपनि सुदूरपश्चिममा अभाव रहेको भन्दै आफूले अब फास्ट ट्र«याकबाट रंगशाला निर्माण गर्ने बताए । उनले प्रदेशका सबै स्थानीय तहमा रंगशाला बनाउन नसकेपनि कैलाली वा कञ्चनपुर जहाँ भएपनि एउटा रंगशाला आफूले बनाउने प्रण गरिसकेको भन्दै एउटा टोली आन्तरीक रुपमा काम गर्न थालिसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?