You are currently viewing प्रधानमन्त्री कप : कप्तान रुबिना क्षेत्रीको अलराउण्ड प्रर्दशनामा कोशीको लगातार दोश्रो जीत,बाग्मतीले आर्मीलाई हरायो

प्रधानमन्त्री कप : कप्तान रुबिना क्षेत्रीको अलराउण्ड प्रर्दशनामा कोशीको लगातार दोश्रो जीत,बाग्मतीले आर्मीलाई हरायो

माघ ८ फाप्ला,धनगढी : कप्तान रुबिना क्षेत्रीले अलराउण्ड प्रर्दशन गरेपछि कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।पहिलो खेलमा बागमती प्रदेशलाई हराएको कोशीले सोमबार दोस्रो खेलमा मधेश प्रदेशमाथि ४७ रनको जित निकाल्यो ।लगातार दोस्रो जित निकालेको समूह बी मा रहेको कोशी ४ अंकका साथ तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ।

धनगढीस्थित फाप्ला मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो।जसमा प्रतिमा शाहले सर्वाधिक १७ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३,अलिशा खडिया र ज्योती दनुवारले २र२ विकेट हात पारिन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो ।जसमा कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ र टिका शाहले २१ रन बनाइन्।बलिङमा मधेसका लागि प्रतिमा शाहले २ विकेट हात पारिन्।कोशीकी कप्तान रूविना प्लेयर अफ द म्याच भइन्। कोशीले बाग्मती विरुद्ध पहिलो जित निकाल्दा पनि कप्तान रुबिनाले १५ रन र २ विकेट लिदै म्यान अफ दी म्याच बनेकी थिइन ।

आजै भएको अर्को खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो। पहिलो खेलमा मधेश प्रदेशमाथि १० विकेटको शानदार जीत निकालेको आर्मी दोश्रो खेलमा भने बाग्मती विरुद्ध निरीह सावित भयो । सुपर फोरमा पुग्न बाग्मती र आर्मीलाई आजको खेल जित्नैपर्ने दवाब छ । आज बिहान ९ बजे आर्मी र कोशी प्रदेश बीच खेल हुनेछ भने दिउँसो १ बजे बाग्मती विरुद्ध मधेश प्रदेश खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply