You are currently viewing यू-१९ विश्‍वकप एसिया छनोट अघि युथ कपको आयोजना गर्दे क्यान,तीन टोलीमा यी ३६ खेलाडी समावेश /@NepaliCricket

यू-१९ विश्‍वकप एसिया छनोट अघि युथ कपको आयोजना गर्दे क्यान,तीन टोलीमा यी ३६ खेलाडी समावेश /@NepaliCricket

माघ १०,धनगढी : नेपाल प्रिमियर लिगपछि नेपाली सिनिय राष्ट्रिय क्रिकेट टोली फुर्सदमा रहँदा युवाहरुलाई भने नेपाल क्रिकेट संघ क्यानले समय समयमा एक्पोजर दिइरहेको छ । आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ युथ कपको आयोजना गर्ने भएको छ ।

आगामी माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ । यसका लागि प्रारम्भिक रूपमा क्लोज क्याम्पमा समावेश भएका यू-१९ का ३६ खेलाडीहरूलाई तीन टोलीमा समावेश गरिनेछ । पछिल्लो समय चर्चामा रहेका विपिन प्रसाद शर्मा,युवराज खत्री,नरेन भट्ट,सन्तोष यादव देखि अशोक धामीसम्म अन्तिम ३६ भित्र अटाएका छन । तीन टोलीहरूलाई नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउण्ड रोबिन लिग खेलाइनेछ ।

यु-१९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । नेपाल सहित अफगानिस्तान, ओमान, यूएई र हङकङको सहभागिता रहने छनोटको शीर्ष स्थानमा रहने टोली २०२६ मा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । प्रारम्भिक चरणमा छनोट गरिएका यु-१९ पुरुष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, अफ्रुदीन रेन, सौजन प्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री, आशिस लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदिप अर्याल, दर्श सोनार, क्षितिज थापा मगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक राना मगर र नितेश कुमार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply