माघ १९,धनगढी : धनगढी उपमहानगरपालिका ७ कान्तिपुर टोलमा रहेको डिस्कोभरी माध्यमिक विद्यालयले विद्यार्थी साहित्य महोत्सव २०८१ को आयोजना गरेको छ । विद्यार्थीमा पढ्न् बानीको विकास गर्न कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

‘विद्यार्थीहरुमा पढ्ने बानीको कमी हुँदै गएको छ । मोबाइल हेर्ने बानी बढिरहेको छ ।’ डिस्कोभरिका प्रिन्सिल योगेन्द्र सिंहले भने ‘त्यसैले उनीहरुमा किताब पढ्ने बानीको लत लाग्छ कि रु लेख रचनााप्रति अभिरुचि राखेर लेखक, कवि बन्ने सीप बढ्छ कि भनेर आयोजना गरेका हौं ।’कार्यक्रममा वरिष्ठ मदन पुरस्कार विजेता रामलाल जोशी र वरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायले पुस्तक अध्ययन, लेखन र देउडा गायनका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

सो अवसरमा जोशीको मदन पुरस्कार विजेता पुस्तक ऐना र उपाध्यायको काली कर्णालीको लोक साहित्य तथा संस्कृति पुस्तक विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । प्रविधिको विकासले बालबालिकामा पठन संस्कृतिको कमी भएको, बालबालिकाहरु इन्टरनेटको कुलतमा फस्दै गएको भन्दै मदन पुरस्कार बिजेता जोशीले भने ‘बालबालिकाहरुमा रहेको सिर्जनशील क्षमता अभिबृद्धि गर्न पढ्न आवश्यक रहेकोले पठन संस्कृति अभियानको शुरुआत गरेका हौं ।’

अभियानले बालबालिकाहरुलाई मोबाइल कम हेर्ने, दुव्र्यसन कम गर्ने अपेक्षा रहेो भन्दै जोशीले यसो हुदा बालबालिकाहरु भोलिका राम्रा प्रतिभाको रुपमा अघि आउने बताए ।वरिष्ठ देउडा गायक उपाध्यायले सुदुरपश्चिम कला संस्कृतिमा समुन्नत रहेको बताउँदै यहाँ पठन संस्कृतिको विकास गरेर सिर्जनशीलता बढाउन, यहाँको कला संस्कृतिको विकास गर्न जरुरी रहेको बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना लेख रचना वाचन गरेका छन् । डिस्कोभरिको खेलकुद सप्ताहको अन्तिम दिन भएकोले विद्यार्थीहरुले नृत्य, गायन र वक्तृत्व कलामा प्रतिभा प्रस्तुत गरेका थिए ।सो अवसरमा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता बढाउन, सीप बढाउन सघाउ पुर्याउने बताइन् ।विद्यालयका संस्थापक अध्यक्ष बिर्ख बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अनुपराज गिरी, प्राप्ति बस्नेत, रिदिक उपाध्याय र आयुषा खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?