माघ १९,धनगढी : नेपाल क्रिकेट संघ ९क्यान० ले मुख्य प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।क्यानले शनिबार सामाजिक सञ्जालमार्फत देसाईंलाई निरन्तरता नदिने जानकारी दिएको हो। क्यानले उनलाई आगामी यात्राको सफलताको शुभकामना पनि दिएको छ। उनी २०७९ सालमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

देसाइको प्रशिक्षणमा नेपालले २०८० सालमा एकदिवसीय मान्यता पनि जोगाएको थियो । यसैगरी नेपालले गत वर्ष १० वर्षपछि आइसिसी ट्वान्टी २० विश्वकप खेल्दा पनि देसाइ नै नेपालको मुख्य प्रशिक्षक थिए ।

मोण्टीको बिदाई सँगै अब क्यानले नयाँ प्रशिक्षक कस्लाई भित्र्याउँछन त भन्ने चाँसो बढेको छ । धेरैले भारतबाटै नयाँ प्रशिक्षक ल्याउने तयारी भैइरहेको बताएका छन भने केहिले भारत भन्दा अष्ट्रेलिया,इंल्याण्ड वा वेस्टइण्डिजबाट प्रशिक्षक ल्याउन क्यानले पहल गरिरहेको बताइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?