You are currently viewing कैलालीमा स्ववियू निर्वाचन ९ वटा क्याम्पसको नतिजा सार्वजनिक,५ मा नेविसंघ र ४ मा अखिल क्रान्तिकारी,अनेरास्ववियू जितबिहिन

कैलालीमा स्ववियू निर्वाचन ९ वटा क्याम्पसको नतिजा सार्वजनिक,५ मा नेविसंघ र ४ मा अखिल क्रान्तिकारी,अनेरास्ववियू जितबिहिन

चैत्र ६,धनगढी : कैलालीमा त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तरगतका ९ वटा क्याम्पसको स्वतन्त्र युनियन स्ववियु नजिता सार्वजनिक भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट ९ मध्ये ५ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ भने ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । अनेरास्ववियूले भने जिल्लाभरीमा जित निकाल्न सकेको छैन ।

कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसंघले विरासत फर्काएको छ ।नेविसंघको तर्फबाट उमेदवार बनेका दिपकराज भट्टको पूरै प्यानल नै विजयी भएको छ । त्यस्तै नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतीमा विजयी भएका छन ।

यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी र सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम सभापतीमा विजयी भएका छन ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत ल्याएका छन । त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको भएपनि कार्यकाल बराबर चलाउने सहमतीको प्रयास भईरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply