चैत्र २५,धनगढी : माया मेट्रो हस्पिटलले सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा छुट दिने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३, चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले बझाङको सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको हो । हस्पिटलका निर्देशक डा मोहन साउँद र क्याम्पसका स्ववियु सभापति कपिल बिष्टबिच विद्यार्थीहरुलाई उपचारमा छुट दिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।२०७४ साल देखि स्वास्थ्य सेवा प्रदान गदै आएको अस्पतालले छोटो समयमा विरामीको मन जित्न सफल भएको छ । हाल सम्म अस्पतालबाट हजारौ विरामीले स्वास्थ्य सेवा लिईसकेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँनले जानकारी दिए ।

अस्पतालले आर्थिक अवस्था कमजोर भएका विरामीलाई उपचारमा छुट दिनुका साथै विभिन्न पेशा व्यवसाय गदै आएका विभिन्न संघ संस्थासँग पनि केहि प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?