वैशाख ३०,धनगढी : गायक अमर लामाको निधन भएको छ । बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो ।

संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए । उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौं लगिएको थियो । सोमबार राति उनको उपचारकै क्रममा निधन भएको हो ।

लामो समयदेखि गीत संगितको क्षेत्रमा सकृय रहेका श्रष्टा लामाको अधवैसे उमेरमै निधनपछि सुदूरपश्चिमका कलाकारहरु र परिवारजन स्तब्ध बनेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?