You are currently viewing अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कर्मचारीहरुको नेको इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्झौता

अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कर्मचारीहरुको नेको इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्झौता

जेष्ठ १,धनगढी : धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा रहेको अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीहरुको दुर्घटना बीमा गरिएको छ। विद्यालयले बुधबार नेको इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्झौता गरिएको विद्यालयका प्रिन्सिपल लोकराज पन्तले बताए । उक्त सम्झौता पत्रमा विद्यालयका प्रिन्सिपल लोकराज पन्त र नेको इन्स्योरेन्सका प्रदेश प्रमुख भरतबहादुर रावलले हस्ताक्षर गरे।

अक्सफोर्ड युनिभर्स रेडिक्स माविमा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षक शिक्षिका गरी जम्मा ५५० जनाको दुर्घटना बीमा गरिएको विद्यालयका प्रिन्सिपल पन्तले जानकारी दिए ।

नेपालको उपचार प्रणाली खर्चिलो र महँगोले गर्दा भोलिका दिनमा कुनै घटना परिघटना घटे अभिभावकलाई राहत होस् भन्ने उद्देश्यले विद्यार्थी तथा कर्मचारीको दुर्घटना बीमा गरिएको प्रिन्सिपल पन्तले बताए।

पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यमिक विद्यालयमा यस शैशिक सत्रबाट विद्यार्थीहरुलाई बढीभन्दा बढी सकृय गराउन क्रियटिभ फ्राइडे नामाकरण गरेर हरेक हप्ताको शुक्रबार विशेष कार्यक्रम आयोजना गर्ने गरेको प्रिन्सिपल पन्तले बताए ।

उनका अनुसार विद्यार्थी तथा कर्मचारीले एक लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्न सक्ने गरी दुर्घटना बीमा गरिएको हो। उनले सहकार्यको लागि नेको नेको इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे। इन्स्योरेन्सका प्रदेश प्रमुख रावलले आ–आफ्ना नानीबाबुहरूको सुरक्षित भविष्यका लागि सबै अभिभावकले जागरूक हुँदै यस प्रकारको दुर्घटना बीमा गराउनु पनि अत्यावस्यक रहेको बताए। उनले बीमा गर्दा लाग्ने सानो रकमले भविष्यमा आइपर्ने आर्थिक समस्याको लागि राहत प्रदान गर्ने बताए।

पछिल्लो समय नेको इन्स्योरेन्स सुदूरपश्चिममा विश्वसनीय बिमा कम्पनी बन्दै गैरहेको छ । नेको इन्स्योरेन्सले बीमा गर्ने सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply