जेठ २०,धनगढी : धनगढीको पोटली फुड्समा आईपीएल फाइनल खेल ठूलो पर्दामा देखाइने भएको छ । अठारौं संस्करणको उपाधिका लागि बैंग्लोर र पन्जाबले भिडदैछन । आज बेलुकी ८ बजेबाट सुरुहुने फाइन खेल पोटलीले ठूलो पर्दामा देखाउन लागेको सञ्चालक हरी जोशीले जानकारी दिए । धनगढीमा क्रिकेट खेलको क्रेज असाध्यै धेरै भएकाले उहाँहरुको मागलाई मध्यनजर गर्दै आईपीएल फाइनल खेल ठूलो पर्दामा लाइभ देखाउने व्यवस्था मिलाइएको पोटली फुड्सका सञ्चालक जोशीले जानकारी दिए। उनले पोटलीमा आएर ठूलो पर्दामा आनन्दले फाइनल म्याच हेरेर खेलको मज्जा उठाउन सबै क्रिकेट प्रेमीलाई आग्रह गरे।

आईपीएलको इतिहासमा अहिलेसम्म बैंग्लोर र पन्जाबले उपाधि जित्न सकेका छैनन्।आईपीएल २०२५ को यो सिजनले नयाँ च्याम्पियन पाउनेछ। बैंग्लोरले पहिलो क्वालिफायरमा पन्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पहिलो क्वालिफायरमा बैंग्लोरसँग पराजित भएको पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।

पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो। पन्जाब सन् २०१४ पछि फाइनलमा पुगेको हो। पन्जाब सन् २०१४ को उपविजेता टोली हो।आइपीएल इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको पन्जाब उपाधि उचाल्न आँतुर छ। यता ३ पटक फाइनल खेलेको बैंग्लोरले यसअघि उपाधि नजिक पुगेर पनि टाढिएको टोली हो। बैंंग्लोरले सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो। बैंग्लोर चौथो प्रयासमा आईपीएल उपाधि जित्दै इतिहास लेख्न चाहन्छ।

Photo by : s Saikat Das / Sportzpics for IPL
आईपीएलको उपाधि विजेताले २० करोड भारती रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले १३ करोड पाउनेछ। व्यक्तिगत प्रतिस्पर्धातर्फ ओरेन्ज क्याप र पर्पल क्यापको विजेताले १० लाख भारतीय रुपैयाँ पाउनेछन्। उदियमान खेलाडीले २० लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन्। आईपीएलको सर्वोत्कृष्ट खेलाडी, सुपर स्ट्राइकर, पावर प्लेयर, म्याक्सिमम सिक्सर र गेम चेन्जरले समान १० लाख भारतीय रुपैयाँ पाउनेछन । फाइनल खेलका लागि विश्वभरका क्रिकेटप्रमी उत्साहित छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?