You are currently viewing SEE परीक्षामा धनगढीको एक्सिस विद्याश्रमले ल्यायो उत्कृष्ट नतिजा / @Axis_Vidyashram_Dhn.

SEE परीक्षामा धनगढीको एक्सिस विद्याश्रमले ल्यायो उत्कृष्ट नतिजा / @Axis_Vidyashram_Dhn.

असार १३,धनगढी: धनगढी उपमहानगरपालिका वडा न ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक्सिसले ९७ प्रतिशत नतिजा ल्याएको हो । विद्यालयले सामाजिक सञ्जाल मार्फत उत्तिर्ण विद्यार्थीहरुलाई बधाइ दिदै आगामी अध्ययनको शुभकामना पनि दिएको छ । विद्यालयबाट सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीले ३.९६ जिपिए ल्याएको विद्यालय प्रशासनले जनाएको छ ।

एक्सिसबाट यसपटकको परिक्षामा सहभागी १०७ जना मध्ये ३.६ देखि ४.० जिपिएसम्म ३० जना,३ं.२ देखि ३ं.६ जिपिएसम्म ४३ जना,२ं.८ देखि ३.२ जिपिएसम्म २६ जना र २.४ देखि २ं.८ जिपिएसम्म ४ जना उत्तिर्ण भएका हुन । विगत दुइ दशक भन्दा लामो समयदेखि उत्कृष्ट व्यववस्थापन र गुणस्तरीय शिक्षा मार्फत सुदूरपश्चिममा आफ्नो अलग्गै पहिचान बनाएको एक्सिस विद्याश्रममा नर्सरी देखि कक्षा १२ सम्म दुइ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन । विगत ११ वर्षदेखि धनगढी तारानगरमा प्लस टु अध्ययन गराइरहेको एक्सिस विद्याश्रमा विज्ञान,व्यवस्थापन र कानुन संकायको पठनठाठन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply