You are currently viewing मिस सुदूरपश्चिम २०२५ को उपाधि डडेल्धुराकी मिना देउवा मिस्टीलाई /@MinaDeuba

मिस सुदूरपश्चिम २०२५ को उपाधि डडेल्धुराकी मिना देउवा मिस्टीलाई /@MinaDeuba

काठमाडौंमा हालै सम्पन्न मिस ग्रान्ड नेपाल २०२५’ सुदूरपश्चिम २०२५ सौन्दर्य प्रतियोगितामा डडेल्धुराकी मिना (मिस्टी) देउवा विजेता बनेकी छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै मिस सुदूरपश्चिम २०२५ को उपाधि जितेकी हुन्। प्रतियोगितामा देउवाले Best Figure अवार्डसहित सुदूरपश्चिमबाट प्रदान गरिने विशेष अवार्ड समेत हात पारिन्।

दुई विधामा अवार्ड जित्दै उनले मुकुट (क्राउन) पनि प्राप्त गरिन्। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, सकायल मा जन्मिनुभएकी देउवा धनगढीस्थित एसपीए कलेजबाट प्लस टू अध्ययन सकेकी हुन्। मिस ग्रान्ड नेपालको अडिसनबारे फेसबुकमार्फत जानकारी पाएपछि उनी प्रतियोगितामा सहभागी भएकी थिइन्। सबैको साथ प्रेरणा हौसला सपोर्टका कारण आज यहाँसम्म पुगेको बताएकी छन । विजयपछिको आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले लेखेकी छन् एक निडर, आवाजवाली र आत्मविश्वासी मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि नेपाल सुदुरपश्चिम प्रदेशबाट विजेता भएकी छु ।

यो केवल प्रतियोगिता होइन यो आवाज हो, यो पहिचान हो, यो मेरो मात्र सान होइन सिंगो सुदूरपश्चिमको सान हो । अब मिना देउवाले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै ‘मिस ग्रान्ड नेपाल २०२५’ मा प्रतिस्पर्धा गर्नेछिन्। आफ्नो अबको यात्रा गीत संगीत भिडियो लगायत अन्य सिर्जनात्मक माध्यमबाट आफ्नो जन्मभूमि र प्रदेशको पहिचान राष्ट्रिय स्तरमा चिनाउने आफ्नो लक्ष्य रहेको बताएकी छन । उनले पछिल्लो समय चक्र बमद्वारा गाइएको हातकी सुनकी बोलीमा अभिनय गरेकी थिइन,जुन अत्यन्तै रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply