धनगढीमा कहिले पर्छ पानी?

१०श्रावण२०८२ः सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय अत्यधिक गर्मीले जनजीवन प्रभावित पारेको छ। विशेषगरी कैलालीको धनगढी,कञ्चनपुर, डोटी, लगायतका तराई र पहाडी क्षेत्रमा गर्मीको असर स्पष्ट देखिन थालेको छ । बिहानैदेखि सूर्यको तेज घामका कारण मानिसहरु अत्यधिक तापले हैरान भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले व्यापक वर्षाको सम्भावना भने नरहेको जनाइएको छ। तर, महाशाखाले दिउँसो सुदूरपश्चिम प्रदेशको केही पहाडी तथा मध्यवर्ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। स्थानीय प्रशासनका अनुसार गर्मीका कारण विद्यालयमा समेत असर परेको छ भने कतिपय अस्पतालमा गर्मीजन्य रोगका बिरामीको चाप बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top