You are currently viewing कैलाली बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख डा. लोक बहादुर बिष्टले गरे पदभार ग्रहण

कैलाली बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख डा. लोक बहादुर बिष्टले गरे पदभार ग्रहण

१५श्रावण,२०८२ः सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आङ्गिक संस्था कैलाली बहुमुखी क्याम्पसमा सह–प्राध्यापक डा. लोक बहादुर बिष्ट क्याम्पस प्रमुख पदमा नियुक्त हुनुभएको छ। क्याम्पस प्रमुख तोयनाथ भट्ट सेवा निवृत्त भएपछि विश्वविद्यालयले हिजो मात्रै बिष्टलाई औपचारिक रूपमा क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।‎नवनियुक्त प्रमुख बिष्टले आज एक समारोहका बीच क्याम्पस प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। सो अवसरमा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा शिक्षासेवीहरुले उहाँलाई बधाई ज्ञापन गर्दै स्वागत गरेका थिए।

‎वि.सं. २०७९ सालदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका बिष्ट विगत २४ वर्षदेखि कैलाली बहुमुखी क्याम्पसमा कार्यरत रहनुभएको छ। उहाँले लामो समयदेखिको आफ्नो शैक्षिक तथा प्रशासकीय अनुभवलाई अबको कार्यकालमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


‎वि.सं. २०३७ मा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसले हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकाय तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। झण्डै छ हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। ‎क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) बाट दुईपटक गुणस्तर प्रत्यायन (क्युएए० प्राप्त गरिसकेको छ भने हाल तेस्रो चरणको प्रक्रियामा रहेको क्याम्पस प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply