भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट

१६श्रावण,२०८२ः विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एशियाली छनोट प्रतियोगितामा पुरुष÷महिला दुवैमा भारतीय टोली छानिएको छ ।
लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए । दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हराएर ८ अङ्क जोडेको थियो । भारतीय टोली इङ्ग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि छनोट भएको छ । पुरुषतर्फ नेपाल ७ अङ्कसहित दोस्रो भयो । भारतसंग मात्र पराजित नेपालले श्रीलङ्कालाई ३–०, माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा हराएको थियो ।


माल्दिभ्स र श्रीलङ्का तेस्रो भए । महिलातर्फ माल्दिभ्ससंगै नेपाल तेस्रो भयो । ६ अङ्क जोडेको नेपालले दुई राष्ट्रलाई पराजित गर्‍याे । दुई राष्ट्रसंगको नतिजा सुम्पिएको थियो । माल्दिभ्स र बङ्गलादेशलाई समान ३–० ले हराएको नेपाल भारतसंग ३–० र श्रीलङ्कासंग २–३ ले पछि पर्‍याे। श्रीलङ्का ७ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top