You are currently viewing बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँट स्वदेश आइपुगे,त्रिभुवन विमानस्थलमा भव्य स्वागत antam Weight Champion

बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँट स्वदेश आइपुगे,त्रिभुवन विमानस्थलमा भव्य स्वागत antam Weight Champion

१९ श्रावण,२०८२ : म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँट सोमबार भारतबाट काठमाडौं आइपुगेका छन् । भारतका साविक विजेता चोङ्गरेङ्ग कोरेनलाई हराउँदै टाइटल बेल्ट जितेका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । अस्ती शनिबार भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट ( एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गदै पहिलो पटक एमएमएमा नेपाललाई उपाधि दिलाएका थिए । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै च्याम्पियन बनेका थिए ।

व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका हुन । म्याट्रिक्स फाइट नाइटमा साविक विजेता कोरेनलाई हराउँदै बान्टमवेट बेल्ट जितेपछि रविन्द्र ढाँटले आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई जित समर्पण गरेका थिए ।

नेपालको चर्चित एमएमए प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप ९ एनडब्लुसी० को संस्थापक समेत रहेका दिविजले नै रविन्द्रलाई लामो समयदेखि प्रशिक्षण तथा मेन्टरसिप गर्दै आएका छन् । ढाँट सुदूरपश्चिमेलीबासी हुन,उनको घर बझाङ जिल्लामा पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply