२० श्रावण,२०८२ : धनगढी उपमहानगरपालिका वडा न.५ मा रहेको एक्सिस विद्याश्रमले कक्षा १२ को वार्षिक परीक्षामा ६१ प्रतिशत नतिजा हाँसिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ कोे कक्षा १२ को वार्षिक परीक्षामा सहभागी ३६० जना मध्ये २२० जना उत्र्तिण भएको एक्सिस विद्याश्रमका प्लस टु कार्यक्रम संयोजक घनश्याम मलासीले जानकारी दिए ।
एक्सिस विद्याश्रममा विज्ञान संकायमा अध्ययनरत प्रिन्सि मिश्रले ३.८६ जिपिए प्राप्त गर्दै विद्यालय प्रथम भएकी छिन । २०८० सालमा एक्सिस विद्याश्रबाटै एसइइ परीक्षामा सहभागी भएर ३.७४ जिपिए ल्याउँदै कक्षा ११ मा भर्ना भएकी मिश्र अत्यन्तै मिहनेत तथा अनुशासित छात्रा रहेको एक्सिस विद्याश्रमका प्लस टु कार्यक्रम संयोजक घनश्याम मलासीले बताए । एक्सिस विद्याश्रमले अघिल्लो वर्षपनि कक्षा १२ मा ६१ प्रतिशत नतिजा नै हाँसिल गरेको थियो । विद्याश्रमका विवेक ओझाले ३.७ जिपिए प्राप्त गर्दै अघिल्लो वर्ष विद्यालय प्रथम भएका थिए ।

२०७३ सालबाट कक्षा ११ को पठनपाठन सुरु गरेको एक्सिस विद्याश्रम यस क्षेत्रको लोकप्रिय शैक्षिक संस्था हो । विद्यालयको नेतृत्वकर्ता अनिता पन्त हुन । पन्त धनगढीमा प्लस टु सञ्चालक मध्ये पहिलो महिला प्रधानाध्यापक हुन । विद्यालयमा हाल विज्ञान,कानुन र व्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ । एक्सिस विद्याश्रमले कक्षा नर्सरीदेखि कक्षा १० सम्म धनगढी ५ हसनपुरबाट पठनपाठन गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?