You are currently viewing नेपाल प्रज्ञा प्रतिष्ठानको परिषदमा सुदूरपश्चिमको उपस्थिति शून्य

नेपाल प्रज्ञा प्रतिष्ठानको परिषदमा सुदूरपश्चिमको उपस्थिति शून्य

२२ श्रावण २०८३,धनगढी : नेपाल सरकार संस्कृति,पर्यटन तथा उड्यन मन्त्रालय अन्तर्गत अन्तर्गत गठन हुने नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा सुदूरपश्चिमका श्रष्ठालाई समेटिएको छैन ।

मन्त्रालयले हालै सार्वजनिक गरेको नामावली अनुसार देशका सबै प्रदेश र भू भागबाट तीनओटै प्रज्ञा प्रतिष्ठानमा परिषद सदस्य नियुक्त गरिएपनि सुदूरपश्चिमलाई भने प्रतिष्ठानको परिषद सदस्यमा स्थान दिइएको छैन । केहिदिन अगाडि प्रकाशित समाचारमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा धनगढीका साहित्यकार रामलाल जोशीको नाम समावेश गरिएको भएपनि हाल सार्वजनिक अन्तिम नामावलीमा जोशीको स्थानमा रुपन्देहीका रोशन शेरचनको नाम छ ।

सुदूरपश्चिमलाई जहिल्यै प्रज्ञा सभा सदस्यमा अल्मल्याउने गरेको र परिषद सदस्यमा समावेश गर्न आनाकानी गरेको भन्दै यस प्रदेशका श्रष्टाहरुले विरोध गर्न थालेका छन ।


संस्कृति,पर्यटन तथा उड्यन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकार र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाललाई नियुक्त गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply