You are currently viewing SPA लिटल फ्लावर प्राइड लिगको १०औं संस्करण असोज १५ गतेदेखी विजेताले नगद २ लाख पाउने

SPA लिटल फ्लावर प्राइड लिगको १०औं संस्करण असोज १५ गतेदेखी विजेताले नगद २ लाख पाउने

SPA लिटल फ्लावर प्राइड लिग ( T20 Cricket Turnament ) खुल्ला टि२० क्रिकेट प्रतियोगीताको १०औं संस्करण आगामी असोज १५ गतेदेखी २४ गतेसम्म धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने भएको छ । आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टसले सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी गराएको हो । कुल १२ टोली सहभागी हुने प्रतियोगीताको विजेता टोलीले नगद २ लाख तथा उपविजेता टोलीले नगद १ लाख पाप्त गर्ने आयोजकले जनाएको छ ।

२०७२ सालदेखि निरन्तर ग्रासरुट क्रिकेट विकासमा विशेष भूमिका खेलेको लिटल फ्लावर प्राइड लिग देशकै एक प्रतिष्ठित क्रिकेट प्रतियोगीताको रुपमा स्थापित भएको छ । रामचन्द्र शाहीको नेतृत्वमा अघि बढेको यो लिगले सुदूरपश्चिमका क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको र आफ्नो पहिलो आधिकारिक प्रतियोगीता नै लिटल फ्लावर प्राइड लिग भएको राष्ट्रिय क्रिक्रेट टोलीका सदस्य शेर मल्लले बताए ।

प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी ( SPA ) रहेको छ भने निसर्ग अस्पताल,गुरुकुल एकेडेमी धनगढी,ओसन पब्लिकेशन,दाहाल पुस्तक पसल,रोयल सुट हाउस,समाजसेवी विनोद शाही र सानभी बुक्स लगायतका संस्थाहरु प्रतियोगीतामा प्रयोजकको रुपमा जोडिएका छन ।

लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टसका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा आयोजना भएको उक्त पत्रकार सम्मेलनको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश नीति आयोगका सचिव गणेश बहादुर सिंह रहेका थिए भने विशिष्ट अतिथिमा गेटामा रहेको शहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका सिनेट सदस्य प्राध्यापक धर्मदेव भट्ट,राष्ट्रिय क्रिकेटर शेर मल्ल,पूर्व खेलाडी ठक्कर बम लगायत यस क्षेत्रका दिग्गज खेलप्रेमीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply