२२ श्रावण २०८२,धनगढी : सुदूरपश्चिमेलीहरुको मुख्य पर्व ओल्केलाई प्रर्वद्धन गर्ने उद्येश्यले धनगढीमा पहिलोपटक ओल्के हेरिटेज राईड कार्यक्रम आयोजना हुने भएको छ । आयोजक संस्था फारवेस्टर्न राइडर्सले शुक्रबार धनगढीको होटल डिभोटीमा पत्रकार सम्मेलन गर्दै आयोजना बारे जानकारी गराएको हो ।

श्रावण ३० गते आयोजना हुने उक्त ओल्के हेरिटेज राइड कार्यक्रम बिहान ६: ३० बजे धनगढीको डिभोटी चोकबाट सुरु भएर कयाम्पस रोड गुरही चोक पुगेर मुख्य सडक परिक्रमा गरी चौराहबाट छ लेन हुँदै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट परिक्रमा गरेर धनगढी ११ घोडसुवा बेला हुँदै पुन डिभोटी होटलमा आएर समापन हुने फारवेस्टर्न राइडर्सक संस्थापक अध्यक्ष साइकल यात्री भरत विक्रम शाहीले जानकारी दिए । समापनमा सुदूरपश्चिमको मौलिक खाना डुब्काभात खाँदै डेउडा खेल खेलेर कार्यक्रम समापन गरिने बताइएको छ ।

राईडमा सहभागी हुन चाहानेका लागि ३०० रुपमा दर्ता शुल तोकिएको छ भने राईडर्सलाई हेल्मेट अनिवार्य गरिएको छ । साउन ३० गते सुदूरपश्चिमका महेन्द्रनगर,बेलौरी,पुर्नवास,डडेल्धुरा,कैलालीको अत्तरीया,बर्दगोरियाबाट पनि एकसाथ ओल्के हेरिटेज राईड कार्यक्रम एकसाथ सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ओल्के हेरिटेज राईडलाई सुदूरपश्चिमको अत्याधुनिक सुविधा सम्पन्न निसर्ग अस्पतालले सहकार्य गरेको छ । पत्रकार सम्मेलनमा सुदूरपश्चिमका केहि साइकल यात्री,होटेल डिभोटीका सञ्चालक ज्ञानेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?