२२ श्रावण २०८३ : धनगढी १ एलएनचोकमा रहेको रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ११औं वर्षमा प्रवेश गरेको छ । धनगढीमा एक दशकदेखि होटल म्यानेजमेण्ट पढाइरहेको र फेसन डिजाइनिङ्ग सिकाइरहेको रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले शुक्रबार धनगढीको पौवा होटलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

उक्त वार्षिकोत्सवको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका हुन । वार्षिकोत्सव अवधिभर दर्जनौं विद्यार्थीहरुले एकल गायन तथा सामूहिक नृत्य पनि पस्तुत गरेका थिए । त्यस्तै आफ्नै एकेडेमीमा तयार पारिएका पोशाकहरु पहिरिएर विद्यार्थीहरु फेसन सो मा सहभागी भएका थिए ।

रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका अधयक्ष प्रकाश छेडालको अधयक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव समारोहमा प्रमुख अतिथ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल रहेका थिए भने विशिष्ट अतिथिमा उपकुलपति सरस्वती दहाल रहेकी थिइन । त्यस्तै अन्य अतिथिहरुमा प्रज्ञा प्रतिष्ठानकै परिषद सदस्य कृष्णा सिराडी,संस्थाका सल्लाहकार भरत बहादुर खाती तथा विभिन्न स्थानीय कलाकारहरुको पनि उपस्थिति रहेको थियो । वार्षिकोत्सव कार्यक्रमको सञ्चालन वरिष्ठ उद्घोषक तथा गायक संगितकार गुणाकर पनेरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?