१९ श्रावण,२०८२ : यहि आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार सामाजिक सञ्जाल मार्फत टोली घोषणा बारे जानकारी गराएको हो ।

यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड टूरका लागि टोलीमा अटाएका थिएनन् । टप एण्डको प्रदर्शनबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेगरी नै टोलीमा पुन: स्थान बनाउने अवसर हुनेछ । घोषित १६ सदस्यीय टोलीमा नियमित कप्तान रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिइएको छ भने क्यानले उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई नै सुम्पेको छ ।

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका पनि सार्वजनिक भइसकेको छ। नेपालसहित ११ टोली सहभागी यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालको १६ सदस्सीय टोली :
रोहित कुमार पौडेल,दिपेन्द्र सिंह ऐरी,सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?