नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणका लागि मिस्ट्री स्पिनर शेर मल्ल अधिकतम १० लाख रुपैयाँमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । चार टोलीले उनलाई अनुबन्ध गर्न गोलाप्रथामा प्रतिस्पर्धा गरेका थिए ।

मल्लले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग च्याम्पियन टिम जनकपुर बोल्टसबाट खेलेका थिए । यसपटक भने उनले आफू अक्सनमा जान चाहेको बताएका थिए । पहिलो संस्करणमा प्लेअफ र फाइनलमा जनकपुर बोल्टसलाई जिताउन शेर मल्लले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?