You are currently viewing टप एन्ड ट्वान्टी–२० शृंखलाः नर्दर्न टेरिटोर स्ट्राइकरको सामना गर्दै नेपाल

टप एन्ड ट्वान्टी–२० शृंखलाः नर्दर्न टेरिटोर स्ट्राइकरको सामना गर्दै नेपाल

३०श्रावण,२०८२ः अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दैछ ।
खेल मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समय अनुसार दिउँसो २ बजेर १५मिनेटमा सुरु हुनेछ । नेपाल रोहितकुमार पौडेल तथा नर्दर्न टेरिटोरी जेक वेदराल्डको कप्तानीमा मैदान उत्रिनेछन् । नेपालले पहिलो पटक टप एण्ड ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउँदै छ । यसैगरी सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दर्न टेरिटोरीले गत वर्ष सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । नेपाललाई सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीको साथ रहनेछ । यता नर्दर्न टोरिटोरी डार्सी शर्ट, जोर्डन सिल्क, केन रिचर्डसन जस्ता खेलाडीका साथ मैदानमा उत्रिनेछ ।

नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट २४ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा ११ टोलीको सहभागिता छ । यसपछि नेपालले बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ । प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply