You are currently viewing पहिरोको कारण दार्चुलामा पाँच परिवार विस्थापित

पहिरोको कारण दार्चुलामा पाँच परिवार विस्थापित

२भाद्र २०८२ःदार्चुलाको व्यास गाउँपालिका–२, राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ। आइतबार राति वर्षासँगै खसेको पहिरोले राप्लाको गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको हो ।
दुबै परिवारको घर मुनीबाट पहिरो खसेपछि घरका भित्ताहरू चर्किएका छन् । पहिरोले विस्थापित परिवारलाई स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा सोही वडामा रहेको मिलन केन्द्रमा स्थानान्तरण गरिएको व्यास गाँउपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले बताए ।
दार्चुलामा लगातार परेको वर्षाका कारण खसेको पहिरोले घर भत्किएर पाँच परिवार विस्थापित भएका छन् । वर्षाको समयमा घर भत्किएपछि पीडितको दैनिक जीवन नै अस्तव्यस्त बनेको छ । गत बिहीबार शैल्यशिखर नगरपालिका–८, सिमखेत (मट्यौला) का तोयराज जोशीको गत वैशाखमा मात्रै बनाएको दुई तले चार कोठाको पक्की घर भत्किएको छ ।


“नयाँ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने चिन्ता लागेको बेला घर नै भत्किएको“, जोशीले दुखेसो पोखे, “भएभरको सम्पत्ती लगाएर बनाएको नयाँ घर भत्किएपछि अहिले परिवारसहित छिमेकीको घरमा बसेको उनले बताए ।“ यस्तै लेकम गाउँपालिका–५, मैखोली बोया बस्ने नवराज जोशीको घरमाथिबाट खसेको पहिरोले जोखिम भएपछि छिमेकी देवीदत्त जोशीको घरमा अस्थायी बास बसिरहनुभएको छ। परिवारका सदस्य र गाईबस्तु छिमेकीको घरमा राखेको उनले बताए । यस्तै मालिकार्जुन गाउँपालिका–७, पन्तपाली खोज्यागैरका गङ्गासिंह धामीको तीन तले ढुङ्गाको घर भत्किएको छ ।
“घर भत्किएका तथा विस्थापित भएका परिवार अहिले राहत र पुनर्निर्माणको आशामा छन्,“ पीडित तोयराज जोशीले भने, “अब सरकार र सहयोगी हातहरूले सहयोग नगरे हाम्रो जीवन अघि बढाउन गाह्रो छ । छिट्टै राहत र सुरक्षित बासको व्यवस्था गरिदिन उनीहरुको अपिल छ ।“
दार्चुलाका कच्ची सडकहरू वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएपछि धेरै ग्रामिण सडकमा आवागमन ठप्पजस्तै भएको छ। वर्षासँगै लेदोसहितको पहिरो खस्दा आइतबार रातिदेखि बन्द रहेको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकखण्ड सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply