धनगढी ३ चटकपुरमा रहेको धनगढी प्रज्ञा सदनकी आहाना ओझाले आधारभुत तहको वार्षिक परीक्षामा सर्वोत्कृष्ट ३.९४ जिपिए ल्याइकी छिन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा उत्तिर्ण विद्यार्थीहरु मध्ये ओझाले सवौत्कृष्ट नतिजा ल्याएकी हुन ।

विद्यालयका थप २१ जना विद्यार्थीहरु पनि उत्कृष्ट जिपिएका साथ उत्तिर्ण भएको विद्यालयका संस्थापक प्रिन्सिपल तिर्थराज फुलाराले जानकारी दिए । गतवर्षबाट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको धनगढी प्रज्ञा सदन आउँदै गरेको नयाँ शैक्षिक सत्रबाट आफ्नै सुविधा सम्पन्न भवनबाट पठनपाठन सुरु गर्नेगरी तयारी भैरहेको विद्यालय प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?