You are currently viewing पाकिस्तानविरुद्ध नेपाललाई छैटौँ सफलता, नन्दनले एकै ओभरमा दुई विकेट लिए

पाकिस्तानविरुद्ध नेपाललाई छैटौँ सफलता, नन्दनले एकै ओभरमा दुई विकेट लिए

६भाद्र,२०८२ःअस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो छैटौँ खेलमा पाकिस्तान साहिन्सविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ ।
नेपाललाई पाँचौं र छैटौँ सफलता फास्ट बलर नन्दन यादवले दिलाए । उनले १०.१ ओभरमा यही प्रतियोगितामा शतक प्रहार गरिसकेका अब्दुल समदलाई २६ रन तथा यही ओभरको चौथो बलमा मुबासिर खानलाई तीनमा रनमा आउट गरे ।
नेपाललाई चौथो तीव्र गतिका बलर सफलता सोमपाल कामीले दिलाए । उनले ८.३ ओभरमा गाजी घोरीलाई चार रनमा बोल्ड गरे । टस हारेर बलिङको मौका पाएको नेपाललाई तेस्रो सफलता कुशल भुर्तेलले दिलाए ।
उनले ७.५ ओभरमा ओपनर यासिर खानलाई १८ रनमा क्याच आउट गराए । त्यसअघि नेपालले दोस्रो ओभरमै पाकिस्तानको दुई विकेट लिएको थियो । नेपाललाई पहिलो र दोस्रो सफलता उपकप्तान दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले २.३ ओभरमा माज सदाकतलाई एक तथा मोहम्मद फैकलाई दुई रनमा आउट गरे । प्रतियोगितामा नेपाल तेस्रो जितको खोजीमा छ ।
नेपाल पाकिस्तान साहिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । उता पाकिस्तानको टोली नेपाललाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । अहिले दोस्रो स्थानमा रहेको उसले पाँच म्याच खेल्दासम्म तीनमा जित र दुई खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply