सरकारी सेवामा सहजता ल्याउन सरसफाई अभियान, निसर्ग हस्पिटलद्वारा आवश्यक सामग्री सहयोग

१ असोज,धनगढीः जेन्जी आन्दोलनका क्रममा धनगढीस्थित विभिन्न सरकारी कार्यालयमा भएका आगजनी र तोडफोडपछि प्रभावित सेवामा सहजता ल्याउन सरसफाई अभियान सञ्चालन गरिएको छ। उक्त अभियानलाई सहयोग पु¥याउन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले आवश्यक सामग्रीहरू प्रदान गरेको छ।


सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग परिवारले यस अभियानमा आवश्यक सरसफाई सामग्री उपलब्ध गराएर सहयोग गरेको हो। सामग्रीहरू आज जिल्ला प्रशासन प्रमुखको उपस्थितिमा युवाहरूलाई हस्तान्तरण गरिएको छ।


निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले सुदूरपश्चिम प्रदेशका मन्त्रालय र सरकारी कार्यालयहरूको पुनःस्थापनामा सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top