You are currently viewing विपिन जोशीको रिहाइका लागि टिकटक स्टार बर्माद्धारा विश्वव्यापी ट्रेन्ड अभियान सुरु

विपिन जोशीको रिहाइका लागि टिकटक स्टार बर्माद्धारा विश्वव्यापी ट्रेन्ड अभियान सुरु

८ भाद्र,२०८२ः हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि विश्वव्यापी ट्रेन्ड चलाएर अभियान थालिएको छ । टिकटक स्टार अंशु बर्माले उक्त अभियान थालेका हुन्। १० लाख फलोअर्स रहेको आफ्नो टिकटक एकाउन्टबाट उनले विश्वव्यापी ट्रेन्ड चलाउँदै अभियानको थालनी गरेका हुन् । दिनमा एउटा भए पनि विपिनबारे टिकटक भिडियो बनाउन उनको आग्रह छ ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफ्ना सामाजिक संजालबाट पोस्टबाट विपिनको रिहाइको लागि सरकारले कुनै कसर बाँकी नराखेको बताइरहेका छन् । इजरायल सरकारले गतसाता विपिनकी आमा र बहिनीलाई इजरायल बोलाएको थियो। त्यहाँ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेर उनीहरू स्वदेश फर्केका छन् । टिकटक स्टार बर्मा पनि विपिनकै जिल्ला कञ्चनपुरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply