You are currently viewing टी ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ लाई १९१ रनको लक्ष्य

टी ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ लाई १९१ रनको लक्ष्य

१२ भाद्र २०८२ः घरेलु टोली आसाम प्रदेश क्रिकेट संघले पहिलो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।गुवाहटीमा टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९० रनको योगफल तयार पार्यो ।


आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले समान दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply