You are currently viewing धनगढीको गुरुकुल एकेडेमीले विद्यालय प्रांगणमा लगायो अष्टकुण्डीय विद्या शुभारम्भ हवन महोत्सव

धनगढीको गुरुकुल एकेडेमीले विद्यालय प्रांगणमा लगायो अष्टकुण्डीय विद्या शुभारम्भ हवन महोत्सव

धनगढी ४ उत्तरबेहडीमा रहेको गुरुकुल एकेडेमीले अष्टकुण्डीय विद्या शुभारम्भ हवन महोत्सव सम्पन्न भएको छ । सनिबार विद्यालय प्रांगणमै विधिपूर्वक अष्टकुण्डीय विद्या शुभारम्भ हवन कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रबन्ध निर्देशक दिपक सुरी र उनकी धर्मपत्नी प्रधानाध्यापक सुनिता स्वार सुरीले पूजाआजा गर्दै अष्टकुण्डीय विद्या शुभारम्भ हवन महोत्सव अगाडी बढाएका थिए ।

गुरुहरुले पाठ गरिसकेपछि पालैपालो विद्यार्थी,कर्मचारी र अभिभावकहरु पनि हवन कार्यक्रममा सहभागी भएका थिए । विद्यार्थीहरुमा सकरात्मक सोचको विकास,दृढ संकल्प तथा आत्मविश्वासका साथ अघि बढ्ने अठोट र संस्कारी भावनाको विकास होस भन्नका लागि अष्टकुण्डीय विद्या शुभारम्भ हवन कार्यक्रम आयोजना गरिएको विद्यालयकी संस्थापक प्रधानाध्यापक सुनीता स्वार सुरीले बताइन ।

त्यस्तै विद्यालयकी कार्यक्रम संयोजक सबिना शाही स्वारले विद्यार्थीको विद्या,बुद्धि र विवेकमा अभिवृद्धि होस भन्ने उद्येश्यका साथ हरेक वर्षको शैक्षिक सत्रको प्रारम्भमा अष्टकुण्डीय विद्या शुभारम्भ हवन कार्यक्रम विद्यालयले गर्दै आएको बताइन ।

उनले पढाई सँगसँगै यस्ताखाले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको सर्वागिण विकासमा समेत टेवा पुगोस भन्ने आशा विद्यालयले लिएको बताइन ।


उक्त कार्यक्रमका सहभागी हुन आएका अभिभावक सुस्मा भट्ट पनेरु र चुडाराज सुवेदीले घरपछि संस्कार सिक्ने मुख्य स्थान विद्यालय भएकाले बालबालिकामा आफ्नो सनातम धर्मप्रतिको आस्था जोगाइराख्न र उनीहरुमा शिक्षासंगै व्यवहारिक ज्ञान कसरी झल्काउन सकिन्छ भन्ने कुराका लागि गुरुकुलले सँधै एक कदम अगाडी बढेर काम गर्ने गरेको बताएका छन । कार्यक्रममा विद्यार्थी,कर्मचारी,अभिभावक र गुरुहरुको पनि उपस्थिति रहेको थियो ।

२०५२ सालमा स्थापना भएकोे गुरुकुल एकेडेमी आफ्नै सुविधा सम्पन्न भौतिक संरचना मार्फत विगत तीन दशकदेखि पठनपाठन गतिविधि सञ्चालन गर्दै आएको यस क्षेत्रकै लोकप्रिय विद्यालय हो ।

२०७९ सालदेखि धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको आधारभुत तहको वार्षिक परीक्षामा लगातार चारवर्ष शतप्रतिशत नतिजा हाँसिल गरेको भन्दै उपमहानगरपालिकाबाट सम्मानित समेत भएको छ भने एसईईको परीक्षामा पनि उत्कृष्ट नतिजा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply