You are currently viewing राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा कैलालीको विद्याभुषण विजयी

राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा कैलालीको विद्याभुषण विजयी

असार ६,धनगढी : राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको दोश्रो खेलमा कैलाली जिल्लाको प्रतिनिधित्व गरिरहेको विद्याभुण पब्लिक स्कुल विजयी भएको छ । शनिबार सम्पन्न खेलमा कैलालीको विद्याभुषणले दार्चुलाको महेन्द्र मोडेल हाइस्कुललाई १२३ रनले पराजित गर्दै प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको छ ।


विद्याभुषणले दिएको १९९ रनको विशाल लक्ष्य पछ्याएको महेन्द्र मोडेलले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७५ रन बनाउन सक्यो । महेन्द्र मोडेलका लागि मनिस बिस्टले अविजित १२ तथा अजय गोयलाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन ।


विद्याभुषणका लागि सचिन भट्ट एक्लैले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका भट्टले १० रन खर्चिदै ४ विकेट लिएका हुन । उनी खेलको म्यान अफ दी म्याच पनि चुनिए । प्रकाश माझीले २ तथा बिपिन कार्की,विज्ञान बोहरा र योगेश जोशीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विद्याभुषणले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको थियो । विद्याभुषणका लागि सर्वाधिक ३५ रन बनाउँदा प्रकाश माझीले ३२,प्रतिक दौल्याल र नविन शाहले समान तीस तीस रन बनाए भने कप्तान विवेक दुवालले १८ रनको पारी खेले । महेन्द्र मोडेलका लागि सन्तोष महाराले तीन विकेट लिन सफल भएभने अन्य ४ बलरले समान एक एक विकेट लिए । विद्याभुषण पब्लिक स्कुल कैलालीको च्याम्पियन स्कुल हो भने महेन्द्र मोडेल हाइ स्कुल दार्चुलाको च्याम्पियन स्कुल हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा असार ६ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका विद्यालय च्याम्पियन टोली सहभागी छन । यस छनोट प्रतियोगीताको उपाधि विजेता टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै काठमाण्डौंमा आयोजना हुने राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply