असार ४,धनगढी : यहि असार ५ गतेदेखि १४ गतेसम्म मधेश प्रदेशमा आयोजना हुने नेकोस राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । सुदूरपश्चिम खेलकुद परिषदले बिहिबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य बिन्दु रावलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो ।

स्नेहा महरालाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने टोलीमा रितु कनौजिया,सुधा धामी,अनु कडायत,करिष्मा थापा,करुणा बिष्ट,चेतना कुँवर,सुनिता साउँद,सन्जु साउँद,मनिषा बोहरा,जयन्ती भण्डारी,रेजिना जागरी,आशिका महरा र रबिना धामी रहेका छन ।

समूह बी मा रहेको सुदूरपश्चिमको पहिलो खेल गण्डकी प्रदेशसँग असार ८ गते रहेको छ ।समूह बी मा सुदूरपश्चिमसँगै बाग्मती,गण्डकी र एपिएफ रहेका छन भने समूह ए मा कर्णाली,लुम्बिनी,त्रिभुवन आर्मी,मधेश र कोशी प्रदेश रहेका छन । वीरगञ्ज र जनकपुरमा आयोजना हुने प्रतियोगीताको फाइनल खेल असार १४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?