भाद्र १४,२०८२ : कलाकार निर्मला कार्कीको संयोजकत्व र खप्तड मालिका आमा समूहको आयोजनामा धनगढीको शिवनगरमा तिज पर्व धुमधामका साथ मनाइएको छ। कार्यक्रममा मुख्य प्रायोजकको रूपमा मस्टा डेन्टल क्लिनिक रहेको थियो भने शिवनगर खानेपानिको विशेष सहयोग रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिवनगर खानेपानीका अध्यक्ष राजेस खाति रहनु भएको थियो भने, कलाकार र साङ्गीतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। कार्यक्रममा सुदुरपश्चिमका वरिष्ठ डेउडा गाएक नरेन्द्र राज रेग्मी, भुवन दाहल, गायक गोरख थापा,सरोज रोकायाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यस्तै युवा गायक समीर परियार,गायिका ममता धामि र मोडेल बिराज भट्टको पनि प्रस्तुति रहेको थियो । कार्यक्रमलाई स्थानीय नवराज दहाल र शिवनगरका अन्य बासीहरुले कार्यक्रममा सहयोग गरेका थिए।

कार्यक्रमका सञ्चालक अमर खड्का र पार्बति थापा (भगवती) थिए । यस कार्यक्रमको सफलतामा योगदान पुर्याउने सम्पूर्ण सहयोगी संस्थाहरूका लागि आयोजकहरूले आभार व्यक्त गरेका छन्।

कार्यक्रमकी संयोजक निर्मला कार्कीले भने, “हामी सबैको योगदानको कदर गर्दै यस तिज पर्वको सफलतामा सबैको साथ र सहयोगको लागि सदैव ऋणी रहनेछौं।“

यस प्रकारको सामाजिक र सांस्कृतिक कार्यक्रमहरूले समुदायमा आपसी मेलमिलाप र सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक निर्मला कार्कीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?