५असोज,धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?