You are currently viewing निसर्ग अस्पतालका तीन चिकित्सक र अध्यक्ष पन्त सम्मानित

निसर्ग अस्पतालका तीन चिकित्सक र अध्यक्ष पन्त सम्मानित

१९ श्रावण २०८३,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको निसर्ग अस्पतालमा कार्यरत तीन चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सम्मानित भएका छन ।

लामो समयदेखि सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको र सामाजिक क्षेत्रमा पनि उल्लेख्य काम गरेको भन्दै मंगललबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिका वडा न.१ मा रहेको न्यू सृजनशील युवा क्लब अत्तरीयाले चिकित्सकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने चिकित्सकहरुमा डा.चिरञ्जीवि पन्त,डा.मिराज आलम अन्सारी र डा.हितेश ओझा रहेका छन भने अध्यक्ष तिर्थराज पन्त पनि सम्मानित भएका छन । निसर्ग अस्पताल सुदूरपश्चिम प्रदेशमा निजी अस्पतालहरु मध्ये सुविधा सम्पन्न अस्पतालको रुपमा लिइन्छ ।

निसर्ग अस्पतालले जीवन र मरणको दोसाँधमा रहेका न्यू सृजनशील युवा क्लब अत्तरीयाका अध्यक्ष नर बहादुर राइलाइ पुनर्जीवन दिदै १९ दिन उपचारमा लागेको सम्पूर्ण खर्च मिनाह गरेको थियो ।श्वासप्रस्वासमा आएको समस्या र खुट्टामा लागेको गम्भीर घाउँलाई निसर्ग अस्पतालको विशेष चिकित्सकीय टोलीले निको पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply