नियमित रक्तदान अभियानमा सक्रिय समाजसेवी तथा रक्तदाता दीपक उपाध्यायले आज ११४औँ पटक रक्तदान गरेका छन्। उनले भजनी नगरपालिका–कुटी निवासी ६ वर्षीय बालक निशान्त राजीको उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन रक्तदान गरेका हुन्। उपचाररत बालक निशान्तलाई तत्काल रगत आवश्यक परेपछि उपाध्यायले रक्तदान गर्दै जीवन बचाउने अभियानमा आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएका छन्। लामो समयदेखि नियमित रूपमा रक्तदान गर्दै आएका उनले आपत्कालीन अवस्थामा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

रक्तदानपछि उपाध्यायले रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। उनले रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले यसको एकमात्र स्रोत स्वैच्छिक रक्तदान नै भएको उल्लेख गर्दै आवश्यक पर्दा सबैले मानवताको सेवामा अघि बढ्नुपर्ने बताए।यस अवसरमा बालक निशान्त राजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारले रक्तदाता उपाध्यायप्रति आभार व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?