You are currently viewing कैलाली बहुमुखी क्याम्पसमा अध्यापन अनुमति पत्र तयारी कक्षा आज देखी सुरु

कैलाली बहुमुखी क्याम्पसमा अध्यापन अनुमति पत्र तयारी कक्षा आज देखी सुरु

१८भाद्र,२०८२ः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) तयारी कक्षा आज बुधबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त कक्षाको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम  गरिएको हो।

कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती खड्का सहभागी थिइन् भने सामाजिक विकास मन्त्रालयका प्रमुख कुलराज सोती विशिष्ट अतिथि रहेका थिए।


त्यसैगरी, क्याम्पस प्राध्यापक संघका सभापति तथा प्राध्यापक राजेन्द्र वीर चन्द, सह–प्राध्यापक प्रयागराज जोशी, प्रमुख प्रशिक्षक नवराज पाण्डेय र स्ववियुका अन्य पदाधिकारीहरू कार्यक्रमका अतिथि थिए ।
दशै सम्म सञ्चालन हुने यो तयारी कक्षामा प्रशिक्षक नवराज पाण्डेयले अध्यापन गर्ने छन्। उनले सम्पूर्ण पाठ्यक्रमलाई समेट्दै सम्भावित प्रश्नहरू सहितको प्रशिक्षण प्रदान गर्ने जानकारी दिएका छन । कक्षा हरेक दिन दिउँसो ३ः३० बजे क्याम्पसको कन्फरेन्स हलमा सञ्चालन हुनेछ।
सभापति सन्तोष पन्तका अनुसार, यो कक्षा सबै प्रकारका फारम भरेका वा नभरेका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि निशुल्क खुला गरिएको छ। उनले इच्छुक सबै विद्यार्थीलाई कक्षामा सहभागी हुन अनुरोध गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।


स्ववियुले आफ्ना वार्षिक कार्यक्रम अन्तर्गत यो कक्षा सञ्चालनमा ल्याएको हो। अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको समयमा विद्यार्थीहरूलाई तयारीमा सघाउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमबाट थुप्रै विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनले आगामी दिनहरूमा पनि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply