You are currently viewing २३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

२३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

भाद्र १९,धनगढीः एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो ।
ताजकिस्तानका मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे । योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोटको सम्भावना बलियो बनाएको छ । नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ । खेलको शुरूवाती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राख्यो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थप्यो ।

अब नेपालले पर्सि शनिवार दोस्रो खेलमा सिरियासँग खेल्नेछ । सिरियाले हिजो भएको आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २–१ ले हरायो । नेपाललाई अब छनोटमा पुग्न फराकिलो अन्तर सहित खेल जित्नै पर्ने दबाब छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply