नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गर्दै वाहिवाहि कमाएका शेर मल्लले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन । उनी भारत र श्रीलंकामा हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले रोहितकुमार पौडेलको कप्तानीमा मंगलवार घोषणा गरेको १५ सदस्यीय टोलीमा अटाएका छन । गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेरले राष्ट्रिय टिमबाट विश्वकपमै डेब्यू गर्ने अवसर पाएका हुन् । शेर मल्लसँगै बसिर अहमदको पनि टिममा पुनरागमन भएको छ । बसिरले गत असारमा भएको लिग २ शृंखलापछिको टी-२० शृंखलामा खेलेका थिए । विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा
टोलीको पूरा स्वाइड हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?