You are currently viewing CCS+2 धनगढी प्याब्सन क्रिकेट कपको उपाधि विद्याभुषण पब्लिक स्कुललाई

CCS+2 धनगढी प्याब्सन क्रिकेट कपको उपाधि विद्याभुषण पब्लिक स्कुललाई

धनगढीको फाप्लामा जारी अन्तरविद्यालय CCS+2 धनगढी प्याब्सन क्रिकेट कपको उपाधि धनगढी १३ गेटामा रहेको विद्या भुषण पब्लिक स्कुलले जितेको छ । बिहिबार सम्पन्न फाइनलमा स्टेपिङ स्टोन स्कुल धनगढीलाई ३ विकेटले पराजित गर्दै विद्याभुषण पब्लिक स्कुल च्याम्पियन बनेको हो । टस जितेर पहिला ब्याटिङ गरेको स्टेपिङ स्टोन स्कुल १९.१ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।

९६ रनको लक्ष्य पछ्याउन गएको विद्याभुषण पब्लिक स्कुलले १ बल अगाडी नै खेल आफ्नो पोल्टामा पारेको हो । १९.४ मा टिमलाई जितका लागि ६ रन आवश्यक हुँदा १९.५ मा रोशन बिकले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उनी म्यान अफ दी म्याच पनि चुनिए । विद्याभुषण पब्लिक स्कुलले पछिल्लो समय धनगढीमा हुने क्रिकेट प्रतियोगीतामा निरन्तर राम्रो नतिजा ल्याइरहेको छ । उसको आफ्नै फराकिलो खेल मैदान छ भने क्रिकेटको अभ्यास स्थल पनि रहेको छ । विजेता विद्याभुषण पब्लिक स्कुलले नगद ५१ हजार १ सय ५१ सहित आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको स्टेपिङ स्टोन स्कुल धनगढीले नगद २५ हजार ५ सय २५का साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नगद,ट्रफी र प्रमाणपत्र धनगढी नगर प्याब्सनको समापन समारोहमा प्रदान  गरिने आयोजकले जनाएको छ । धनगढी नगर प्याब्सनको आयोजना र CCS+2 स्कुलको मुख्य प्रायोजनमा मंसिर १० गतेबाट शुरु भएको उक्त अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा धनगढीका २४ विद्यालयका टिम सहभागी थिए ।

टिम च्याम्पियनपछि प्रतिक्रिया दिदै विद्या भुषण पब्लिक स्कुलका संस्थापक प्राचार्य डिकेन्द्र जंग कुँवरले विद्यार्थीहरुको लगनशिलता र मिहिनेतले नतिजा आएको बताएका छन । उनले आफ्नो विद्यालयमा खेलकुदको राम्रो माहोल भएको बताउँदै भविष्यमा अझ व्यवस्थित भएर अगाडी बढ्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply