जेठ २१,धनगढी ; आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालका लागि मध्यक्रमका ब्याटर आरिफ शेखको शानदार अर्धशतक प्रहार गरेका छन । एक तर्फबाट लगातार विकेट गुमिरहँदा आरिफले सम्हालिएर ब्याटिङ गरिरहेका छन ।

८७ बलको सामना गरेका शेखले ६ चौका र २ छक्काको मद्दतले अविजित ६४ रन बनाएका छन । अहिले नेपाल ४२.३ ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएर खेलिरहेको छ । अब नेपाललाई जितका लागि ४२ बलमा ३२ रन आवश्यक छ । दिपेन्द्र सिंह ऐरीले २९ रन बनाएर खेलिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?