You are currently viewing @NPL : कप्तान रोहितको उत्कृष्ट प्रर्दशनमा लुम्बिनी लायन्सको पहिलो जीत

@NPL : कप्तान रोहितको उत्कृष्ट प्रर्दशनमा लुम्बिनी लायन्सको पहिलो जीत

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्‍यो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेलमै पराजित भएको थियो । प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।

जवाफमा आएको चितवनले ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । पाँचौं खेलमा चितवनको यो दोस्रो पराजय हो । ३ खेल जितेर तेस्रो स्थानमा छ । जनकपुर बोल्ट्स सबै चार खेल जितेर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ४ खेलमा ३ मा विजय हात पारी चितवनभन्दा रनरेटमा अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply