नेपाल प्रिमियर लिग (एनपिलए) को इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ रोजेका छन्। सुरुवातका दुइ खेल गुमाएर त्यसपछि लगातार ४ खेल जीतेको कर्णाली र लिग चरणमा कसैले हराउन नसकेको सुदूरपश्चिम रोयल्ससँग कडा टक्कर दिदै विजेता बनेको चितवन राइनोज बीचको खेल अत्यन्तै आकर्षक बन्नेछ ।
त्यस्तै नेपाली क्रिकेटमा सर्वाधिक सफल खेलाडीको परिचय बनाएका दिपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्स लिग चरणका ७ मध्ये ६ खेल जित्दैे अंक तालिकाका शीर्ष स्थानमा रहँदै क्यालिफायर खेल्दैछ । प्रतियोगीता अवधिभर हेर्ने हो भने सुदूरपश्चिम रोयल्स सबैभन्दा सन्तुलित टोली रहेको छ उस्लाई प्रमुख उपाधि दाबेदारको रुपमा हेरिएको छ । त्यस्तै लिग चरणका सुरुका ३ खेलमा तीनओटै जीत निकाल्दै उत्कृष्ट सुरुवात दिलाएको जनकपुर बोल्टसले बीचमा भने केलि लय भंग गर्यो । तर समग्रतामा जनकपुर बोल्टसको टिम उत्कृष्ट नै छ । उ अंक तालिकाको दोश्रो स्थानमा रहँदै क्यालिफायर खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?