You are currently viewing @NPL / लोकेश बमको बिस्फोटक ब्याटिङमा विराटनगरको पहिलो जीत

@NPL / लोकेश बमको बिस्फोटक ब्याटिङमा विराटनगरको पहिलो जीत

मंसिर १९,धनगढी : विराटनगर किंग्सका ब्याटर लोकेश बमले आक्रामक ब्याटिङ गरेपछि जारी एनपीएलमा पहिलो जीत निकालेको छ । ४७ बल सामना गरेका बमले ३ चौका र ६ छक्काको मद्दतले ७१ रनको धुवाँधार पारी खेले । लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए । विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए । सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।

विराटनगरका लागि बसिर बहमदले ४०,मार्टीन गप्टिल २८ तथा अन्त्यमा क्रिजमा आएका क्रिस सोलले आक्रामक १४ रनको अविजित पारी खेले । लुम्बिनी लायन्सका लागि दुर्गेश गुप्ताले २,काड बिन जाफर,रामोन सिमोण्डले समान दुइ दुइ तथा विवेक यादवले एक विकेट लिए । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले सुरुवातका दुइ खेलमा पराजय व्यहोरेको थियो भने रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स पहिलो खेलमै पराजित भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply