२४ श्रावण,२०८२ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुनेछ । यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ ।
यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?