You are currently viewing NPL2 Auction : नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा सुदूरपश्चिमका १४ खेलाडीमाथि बोली लाग्यो

NPL2 Auction : नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा सुदूरपश्चिमका १४ खेलाडीमाथि बोली लाग्यो

२५ श्रावण,२०८२ : डिल्लीराज ओझा /नेपाल प्रिमियर लिगको दोश्रो संस्करणका लागि शनिबार ललितपुरको रोयल टुलिपमा भएको अक्सनबाट २६ खेलाडीमाथि  बोली लागेको छ । बाँकी ११ जना खेलाडी भने ’विस लिस्ट’ बाट फ्रेन्चाइज टिममा अनुबन्ध भएका छन् ।


अक्सनबाट ३७ खेलाडी अनुबन्ध हुँदा १४ खेलाडी सुदूरपश्चिम प्रदेशका रहेका छन । बाँकी २४ खेलाडी देशका अन्य ६ प्रदेशका रहेका थिए । १६४ खेलाडी अक्सनमा सहभागी हुँदा आठ टिमलाई जम्मा ३७ खेलाडी मात्र आवश्यक थिए । त्यहि अनुरुप शनिबार भएको अक्सन अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो । फेञ्चाइज टोलीको नजर नाम चलेका खेलाडी देखि लिएर प्रतिभाशाली युवामाथि रहेको थियो । गतवर्ष सम्पन्न नेपाल प्रिमियर लिगको मेघा अक्सनमा पनि सुदूरपश्चिम प्रदेशका करिबन ढाइ दर्जन खेलाडी अनुबन्ध भएका थिए । यसपटकको मिनी अक्सनमा पनि सुदूरपश्चिम प्रदेशका खेलाडी फेञ्चाइज टोलीको नजरमा परिरहे । अब लागौं शनिबार सम्पन्न मिनी अक्सनबाट विभिन्न टोलीले भित्र्याएका सुदूरपश्चिमका खेलाडी बारे :

१) अर्जुन साउँद
यसपटकको मिनी अक्सनमा धेरै चाँसोको रुपमा हेरिएका मध्ये एउटा खेलाडी थिए अर्जुन साउँद । श्रेणी ए का खेलाडी अर्जुनमाथि चितवन राइनोजले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनलाई गोलाप्रथामा कर्णाली र विराटनगरलाई पछि पार्दै चितवनले आजको दोस्रो अनुबन्धन गरेको हो । साउँदले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग लुम्बिनीबाट खेलेका थिए । विकेट किपर ब्याटर अर्जुन साउँद आफूलाई छिट्टै राष्ट्रिय टिममा पार्न सफल खेलाडी मध्येयका एक हुन ।

लामो समय मुम्बईमा क्रिकेट सिकेर २०७५ साल आसपास नेपाल आएका अर्जूनले धनगढीमा रामचन्द्र शाहीको नेतृत्वमा आयोजना हुने देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिग खेलेका थिए । उनले धनगढीमा शतक प्रहार गरेपछि चर्चा चुलिएको थियो र राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका थिए । नेपालमा आसिफ शेखपछि मुख्य विकेट किपरको रुपमा हेरिएका साउँदको नेपाली क्रिकेटमा भविष्य सुन्दर छ । साउँद अहिले नेपाल पुलिस क्लबबाट व्यवसायिक क्रिकेट खेलिरहेका छन ।

 

२) शेर मल्ल
यसपटकको मिनी अक्सनमा धेरै चाँसोको रुपमा हेरिएका श्रेणी बी का खेलाडी थिए शेर मल्ल । मिस्ट्री स्पिनरको रुपमा परिचित अलराउण्डर मल्ललाई भित्र्याउन ४ टोली बीच हानथाप भयो । तर मल्ल गोलाप्रथाबाट रु १० लाखमा लुम्बिनी लायन्समा अनुबन्ध भए ।


सुदूरपश्चिम प्रदेशबाट लगातार घरेलु क्रिकेट खेलिरहेका मल्लले नेपाली यु१९ हुँदै नेपाल ए सम्मको यात्रा तय गरिसकेका छन । उनी आबद्ध जनपुर बोल्टसले पहिलो संस्करणमै नेपाल प्रिमियर लिगको उपाधि उचाल्यो । जहाँ उनले महत्वपूर्ण प्रर्दशन गरेका थिए । त्यस्तै मल्लले धनगढीमा रामचन्द्र शाहीको नेतृत्वमा आयोजना हुने देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिग खेलेका थिए । उनी थुुप्रैपटक म्यन अफ दी सिरिज पनि चुनिएका थिए ।

२) हेमन्त धामी
यसपटकको मिनी अक्सनमा धेरै चाँसोको रुपमा हेरिएका श्रेणी बी का अर्का खेलाडी थिए हेमन्त धामी । हेमन्त धामी आफ्नै गृहक्षेत्रको टोलीसुदूरपश्चिम रोयल्समा अनुबन्धन भएका छन । काठमाण्डौंमा जारी अक्सनमा उनलाई सुदूरपश्चिम रोयल्सम १० लाखमा टिममा भित्र्याएको हो । उनले पहिलो संस्करणको नेपाल प्रिमिएर लिग जनकपुर बोल्टसबाट खेलेका थिए ।

पेश बलर धामीले छोटो समयमै आफूलाई निखार्दै लगिरहेका छन । सुदूरपश्चिमबाट निरन्तर घरेलु क्रिकेट खेलिरहेका धामीले राष्ट्रिय टोलीको जर्सि समेत लगाइ सकेका छन । नेपाल ए टोलीको सदस्य रहिसकेका धामीले यु१९ विश्वकप समेत खेलिसकेका छन । धामीले यु १९ एसिया कपमा नेपालको कप्तानी समेत गरेका थिए । हेमन्तले धनगढीमा देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिग समेत खेलेका थिए ।

४) दिलिप नाथ
अक्सनको क्याटेगोरी ’ए’ मा रहेका दिलिप नाथ १० लाख रुपैयाँमा बिक्री भएका छन् । क्याटेगोरी ’ए’ का नाथ लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । दिलिपलाई लुम्बिनी लायन्सले मात्रै बोली लगाएको थियो । एनपीएलको पहिलो संस्करण दिलिपले पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

राष्ट्रिय टिमको जर्सि लगाइसकेका नाथ विकेट किपर ब्याटर हुन । राष्ट्रिय टोलीमा पुनरागमनको लागि संघर्ष गरिरहेका नाथ पछिल्लो समय नेपाल पुलिस क्लबबाट व्यवसायिक क्रिकेट खेलिरहेका छन ।

५) युवराज खत्री
नेपालका दोश्रा संदिप लामिछानेको रुपमा हेरिएका युवा लेगस्पिनर युवराज खत्रीलाइ कर्णाली याक्सर्ले अनुबन्ध गरेको छ । खत्रीलाई टिममा भित्र्याउन कर्णाली याक्सले १० लाख रुपैयाँ खर्चिएको छ । खत्रीमाथि कर्णालीसँगै विराटनगर किंग्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले बोली लगाएका थिए । त्यसपछि लक्की ’ड्र’ बाट कर्णाली याक्सले खत्रीलाई भित्र्याएको हो ।

खत्री नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर हुन् ।उनी सुदूरपश्चिबाट घरेलु क्रिकेट खेलिरहेका छन । धनगढीमा देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिग समेत खेलेका थिए । उनले उक्त लिगमा थुप्रैपटक ह्याट्रिक समेत लिएका थिए ।

६) नारायण जोशी
अलराउण्डर नारायण जोशीलाई नेपाल प्रिमिएर लिगको दोश्रो संस्करणमा लागि विराटनगर किंग्सले अनुबन्ध गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा जोशीलाई विराटनगर किंग्सले ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जोशीले पहिलो संस्करणको नेपाल प्रिमिएर लिगमा पोखरा एभन्जर्सबाट खेलेका थिए । त्यतिबेला उनी रु १० लाखमा अनुबन्ध भएका थिए ।

नेपाल यू–१६,नेपाल ए अनि नेपाल टोलिको प्रतिनिधित्व गर्दै हङकङ सुपर सिक्सेजमा समेत सहभागीता जनाइसकेका जोशी लामो समयदेखि सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका छन । उनले पछिल्लो समय राष्ट्रिय प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशको कप्तानी समेत गर्दै आएका छन । धनगढीमा रामचन्द्र शाहीको नेतृत्वमा आयोजना हुने देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिगका लगभग सबै संस्करण ( नौं वटै ) खेलेका जोशी ऐश्वर्य विद्या निकेतनबाट सहभागी भएर पहिलो संस्करणमै म्यान अफ दी सिरिज पनि चुनिएका थिए ।

७) सचिन भट्ट
युवा स्पिनर सचिन भट्टलाई जनकपुर बोल्ट्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । ललितपुरमा जारी अक्सनमा उनीमाथि जनकपुर बोल्ट्सले बोली लगाएको हो । उनले पछिल्लो समय सुदूरपश्चिमबाट निरन्तर घरेलु क्रिकेट खेलिरेहेका छन । भट्ट सुदुरपश्चिम प्रदेशबाट यु१९ राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउँदै आएका छन भने नेपाल यू१९ को क्लोज क्याम्पमा समेत परिसकेका छन ।

उनले मलेसियामा सम्पन्न यु–१६ एसिसि इस्ट जोन कपमा नेपाल च्याम्पियन बन्दाका मुख्य सदस्य थिए । धनगढीमा रामचन्द्र शाहीको नेतृत्वमा आयोजना हुने देशकै लोकप्रिय यु १९ विद्यालय स्तरीय टि२० क्रिकेट प्रतियोगीता लिटल फ्लावर प्रिमियर लिगमा सहभागीता जनाउँदै भट्टले क्रिकेट करियर अगाडी बढाएका थिए ।

८) दिपक बोहरा
नेपाल प्रिमिएर लिगको पहिलो सिजन विराटनगर किङ्सबाट खेलेका दिपक बोहरा योवर्षको सिजन आफ्नै गृह प्रदेशको टिम सुदूुरपश्चिम रोयल्सबाट खेल्ने भएका छन । शनिबार सम्पन्न अक्सनमा उनलाई सुदूुरपश्चिम रोयल्सले रु ५ लाखमा टिममा अनुबन्ध गर्यो ।

गतवर्ष सम्पन्न यु १९ विश्वकपमा सहभागी भएका बोहरा हार्ड हिटर ब्याटरको रुपमा चिनिन्छन । सुदूरपश्चिम प्रदेशबाट घरेलु प्रतियोगीता खेलिरहेका उनले उमेर समूह हुँदै थुप्रै राष्ट्रिय प्रतियोगीता खेलिसकेका छन ।

९) आदित्य महता
जनकपुर बोल्ट्सले गोलाप्रथामा सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै आदित्य महतालाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । सुरुमा महतामाथि सुदूरपश्चिम रोयल्सले बोली लगाएपनि गोलाप्रथामा भने जनकपुर बोल्ट्सले बाजी मार्यो ।


लामो समय सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेलेका महता हाल अष्ट्रेलियामा क्रिकेट खेल्दै छन । खेलमा पछिल्लो समय आफूलाई निखार्दे आएका आदित्य महता सुदूरपश्चिमको कृष्णपुर नगरपालिका २ वाणीका स्थायी बासिन्दा हुन । महतालाई हालै अष्ट्रेलियन क्रिकेट बोर्डले महिला टोलीका लागि नेट बलरको रुपमा नियुक्त गरेको छ ।

 

१०) विकास आग्री
सुदूरपश्चिमका पेश बलर विकास आग्रीलाई जनकपुर बोल्ट्सले टिममा अनुबन्ध गरेको छ । जनकपुर बोल्ट्सले आग्रीलाई रु ५ लाखमा टिममा भित्र्याएको हो । गत सिजन लुम्बिनीबाट खेलेका उनले केबल एक खेल खेल्ने मैका पाएका थिए जहाँ ४ विकेट चट्काएका थिए ।

नेपाल ए टिमको सदस्य रहिसकेका आग्री पछिल्लो समय निरन्तर सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका छन ।

 

११) मिलन बोहरा
नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा मिलन बोहरा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन । शनिबार सम्पन्न अक्सनमा बोहराका लागि सुदूरपश्चिम रोयल्सले रु.५ लाख खर्च गरेको छ ।

नेपाल यू१९ टोलिबाट प्रतिनिधित्व गर्दै यू–१९ विश्वकप तथा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै थुप्रै उमेर समूह तथा सिनियर प्रतियोगिता खेलिसकेका बोहरा हाल पनि सुदूरपश्चिम प्रदेशबाटै घरेलु क्रिकेट खेलिरहेका छन ।

१२. टेक रावत
नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा टेक रावत सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन । शनिबार सम्पन्न अक्सनमा रावतलाई सुदूरपश्चिम रोयल्सले रु.२ लाखमा टिममा अनुबन्ध गरेको छ । पछिल्ला केहिवर्ष यतादेखि सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका रावत विकेट किपर ब्याटर हुन ।

उनी अघिल्लो सिजनको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाटै सुदूरपशिचम हिरोजको रुपमा टिममा सहभागी थिए ।

१३) दिपेन्द्र थापा
नेपाल प्रिमियर लिगको दोश्रो संस्करणका लागि दिपेन्द्र थापा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन । शसनबार सम्पन्न अक्सनमा उनलाई रोयल्सले रु.२ लाखमा अनुबन्ध गरेको हो ।

सुदूरपश्चिम प्रदेशबाट लामो समय क्रिकेट खेलेका थापा पछिल्लो समयकामको शिलशिलामा दुवइ रहेका छन । त्यहाँ कामसँगै उनी क्रिकेटलाई पनि निरन्तरता दिइरहेका छन ।

१४)बिपिन रावल
नेपाल प्रिमियर लिगको दोश्रो संस्करणका बिपन रावल पुन ः आबद्ध भएका हुन । उनलाई चितवन राइनोजले रु ५ लाखमा टिममा भित्र्याएको हो ।रावलले नेपालकालागि यु १९ एसिया कप र यु १९ विश्पकप खेलिसकेका छन ।

लामो समय सुदूरपश्चिमका लागि घरेलु क्रिकेट खेलेका रावल पछिल्लो केहि समयदेखि भने कर्णाली प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका छन ।

 

शनिबार सम्पन्न अक्सनमा सुदूरपश्चिमका केहि चर्चित पुराना खेलाडी र नयाँ अनुहार पनि अलसोल्ड हुन पुगे । अनसोल्ड हुनेमा राजु रिजाल,सुनिल धमला,प्रदिप ऐरी,भुवन कार्की,खडग बोहरा, बसन्त खत्री,भोजराज भट्ट,शुशिल रावल,अशोक धामी,बसन्त कार्की,अयुब चन्द,प्रकाश पाण्डेय,अभिषेक पाल लगायत अनसोल्ड भएका हुन ।

यो सामाग्री हामीले धनगढीबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय स्कोरर लोकेश जोशीको सहयोगमा तयार पारेका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply