माघ ४,धनगढी : प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज दुईवटा खेल हुने भएका छन । पहिलो खेल बिहान ९ बजे घरेलु टोली सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बीच हुनेछ भने दोश्रो खेल दिउँसो १ बजे लुम्बनी प्रदेश र गण्डकी प्रदेशका बीच हुनेछ ।

बिहिबार खराब मौसमका कारण खेल रद्द भएपछि गण्डकी र कर्णाली तथा एपिएफ र लुम्बनीले अंक बाँडेका थिए । प्रतियोगीताको चौथो दिनसम्म समूह ए का खेलहरु भैरहेका छन । समूह ए मा विभागीय टोली एपिएफ,सुदूरपश्चिम,गण्डकी,लुम्बनी र कर्णाली रहेका छन भने समूह बी मा कोशी,बाग्मती,त्रीभुवन आर्मी क्लब र मधेश प्रदेश रहेको छ । अहिलेसम्म ३ खेलमा २ मा जीत र १ मा अंक बाँड्दै ५ अंकका साथ विभागीय टोली एपिएफ अंकतालिकाको शीर्षस्थानमा रहेको छ भने दुई खेलमा शत प्रतिशत नतिजाका साथ सुदूरपश्चिम दोश्रो स्थानमा रहेको छ । गण्डकी,लुम्बनी र कर्णालीले कुनैपनि खेल जितेका छैनन ।

शुक्रबार वर्षाले खेल प्रभावित भएपछि तीनओटै टोलीले एक एक अंक प्राप्त गरेका छन ।धनगढीको फाप्ला खेल मैदानमा माघ १ गतेदेखि सुरु भएको प्रतियोगीता माघ १२ गते समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?