You are currently viewing अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो  खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

१८ श्रावण,२०८२ : पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा खेलमा घरेलु टोली वेस्ट इन्डिजले दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।
वेस्ट इन्डिजको जितसँगै तीन खेलको शृंखला १–१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान १४ रनले विजयी भएको थियो। आइतबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाको टर्फ मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो । वेस्ट इन्डिजका गुडाकेश मोतीले २८, कप्तान साइ होपले २१, जेसन होल्डरले अविजित १६, रोस्टन चेजले १६, रोमारियो शेफर्डले १५ र ज्वेल एन्ड्रयुले ले १२ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई तथा शहिन शाह अफ्रिदी र सुफियान मुकिमले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि हसन नवाजले ४०, कप्तान सलमान अघाले ३८ र फखर जमानले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाँचौं विकेटका लागि नवाज र अघाबीच ६० रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकिल हुसेन र शमर जोसेफ र रोस्टन चेजले समान एक विकेट लिए । शृंखलाको तेस्रो तथा निर्णायक खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply