दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध अर्धशतकीय पारी खेलेका विराटनगर किंग्सका ओपनर लोकेश बम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । उनले मंगलबार बेलुका सम्पन्न पोखरासँगको खेलमा ४८ बलमा सात छक्का र एक चौकासहित ७२ रनको पारी खेले ।

एनपिएल करियरमा लोकेशको यो दोस्रो अर्धशतकीय पारी हो । सानदार इनिङ खेलेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।पोखरासँगको खेलमा विराटनगरका अर्का ओपनर मार्टिन गप्टिलले पनि अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा पाँच छक्का र तीन चौकासहित ६१ रनको इनिङ खेलेका हुन् । एनपिएल करियरमा गप्टिलको यो दोस्रो अर्धशतक हो । लोकेश र गप्टिलको अर्धशतकको मद्दतमा विराटनगरले पोखरालाई ५३ रनले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?